मंगलबार, फाल्गुण २०, २०७६ || 923  पटक पढिएको

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले २ दिने निःशुल्क पशु शिविर सम्पन्न गरेको छ ।

नगरको पशुपंक्षी शाखामार्फत सञ्चालित कार्यक्रमको पहिलो दिन वडा नम्वर ८ शुक्रवारेमा शिविर सम्पन्न भएको थियो ।

पशुपंक्षी शाखा र पाराभेटेरीनरी एसोशियसन नगर समितिका प्राविधिकहरुबाट शिविरमा ५१ वटा गोरु, ३६ वटा बोका र १६ वटा वंगुरको वन्ध्याकरण गरिएको थियो ।

४ सय बढी कृषक सहभागि शिविरमा ५ हजार ७ सय १५ पशुलाई मेडिकल उपचार, ७ सय ६० लाई खोप, २ सय ५४ लाई सामान्य शल्यक्रिया र २ सय १४ लाई प्रयोगशाला परीक्षण गराइएको पशुपंक्षी शाखाका पर्वत शाहले जनाउनु भयो ।

कार्यक्रम ८ नम्वर वडाध्यक्ष बाबुराम दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । आज वडा नम्वर ३ र ७ को लामाटोलमा सम्पन्न शिविरमा ७ सय बढी कृषकहरु सहभागि भई ८ हजार ४ सय १४ पशुको मेडिकल उपचार, ५ सय १४ लाई खोप, ३ सय २७ लाई प्रयोगशाला परीक्षण, १ सय २४ लाई सामान्य शल्यक्रिया, ५४ लाई गाइनोक्लोजिकल उपचार गराइएको थियो ।

 

जसमा १४ पशुको वन्ध्याकरण समेत भएको शाखा प्रमुख हेमचन्द्र दहालले उल्लेख गर्नुभयो ।

कार्यक्रम कार्यपालिका सदस्य एवम् आर्थिक विकास समिति सदस्य मैनाकुमारी राई लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!