मंगलबार, फाल्गुण २०, २०७६ || 712  पटक पढिएको

झापा मेचीनगर नगरपालिका-१३ बस्ने ७८ बर्षीय धर्मराज घिमिरेको गाडीको ठक्करबाट मृत्यु भएको खबर प्राप्त भएको छ ।  नेकपा माओवादीको पूर्ब संविधान सभा सदस्य समेत रहेका घिमिरे गत शनिवार देखी हराई रहेकोले खोजीका लागि आफन्तले ईलाका प्रहरी कार्यालय धुलाबारी र काँकडभिट्टामा जानकारी गराएका थिए ।  हराएका घिमिरेको भारतिय प्रहरीसंग समन्वय गरी खोजी कार्य भईरहेकोमा आज बिहानको राती ०३ बजे भारतिय प्रहरीले भारत बागडुग्रा थाना देखि ३ किलोमिटर पुर्व सडकमा घिमिरेलाई गाडीले किचेर मृत्यु भएको अवस्थामा फेला पारिएको भनि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा जानकारी गराएको हो । शवको पहिचान भईसकेकोले शव लिनका लागि प्रहरी सहित आफन्तहरु बागडुग्रा थाना गई सकेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!