बिराटनगर। श्री राधाकृष्ण रथयात्रालाई भव्य र सभ्य बनाउन जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबारको छलफलमा ९ किलोमिटरको नगर परिक्रमाको क्रममा विश्रामस्थल घटाउने सहमति भएको छ ।

छलफलमा मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मी, सचिव कपिल भण्डारी, सदस्य कृष्ण कार्की, पूर्वअध्यक्ष बाबुराजा ओझा विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुली र प्रशासनकोतर्फबाट मोरङका प्रजिअ काशिराज दाहाल, मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाको सहभागिता थियो । रथयात्राको पक्षमा प्रशासनको उदाशिनताका वावजुद जनदवाव भन्दै भदौ ४ गते डोरी तानेर भव्य रथयात्रा निकाल्ने र, ३९ स्थानमा विश्राम गरी ९ किलोमिटरको दूरी ५ घण्टाको समयावधिमा तय गर्ने समितिले घोषणा गरेको थियो । तर मंगलबार भएको छलफलमा रथयात्राले ३९ को साटो नगरको २३ स्थानमा विश्राम लिने छ ।

कृष्णा जन्माष्टमीको भोली पल्ट भदौ ४ गते शनिबार राधाकृष्ण सवार रथयात्रा पानीटंकी स्थित राधाकृष्ण मन्दिरबाट प्रारम्भ भई तीनपैनी चोक, शंकरपुर मोड, विराटेश्वर शिव मन्दिर, गोल्छा चोक, सत्यनारायण मन्दिर, जैन भवन, जलजला चोक, बाटा गल्ली चोक, पञ्चमुखी हनुमान मन्दिर, ट्राफिक चोक, भूमी प्रशासन चोक, बस पार्क, महेन्द्र चोक, सरोचिया चोकमा विश्राम लिने छ । सो स्थानपछि रथयात्राले महावीर रोड चोक, शनिमन्दिर चोक, शिव मन्दिर चोक, भृकुटी चोक, विराट अस्पताल चोक, मुनालपथ चोक, बरगाछी चोक, बासुकीनाथ मन्दिर मोड, दुर्गा चोक परिक्रमा गर्दै पुनः मन्दिरमा टुंगिने छ ।

छलफलमा रथयात्राको दौरान सहभागी भक्तजनबीच अनिवार्य माक्स वितरणको पहल गरिने, शुक्रवारदेखि मन्दिर आउने र रथयात्रामा सामेल हुने भक्तजनका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गरी प्रचारप्रसार गर्ने, झाँकी नराख्ने निर्णय गरिएको समितिका अध्यक्ष कैलास रेग्मीले स्पष्ट पारे । रथको सफाई र मर्मत मंगलबारदेखि शुरू गरिएको छ । रथको चारै चक्काको वायल बे्रक, मास्टर सिलिण्डर, व्हील सिलिण्डर र ग्रीजिङ्गको काम तिव्रताका साथ बुधबार सक्ने गरी शुरू गरिएको छ ।

फूल सज्जा र रथ श्रृंगारलाई बुधबारबाट समय दिइने छ ।
मन्दिरको कार्यसमिति र व्यवस्थापन समितिको संयुक्त बैठकले वाधारहित रथयात्रा संचालनका लागि विभिन्न विधामा संयोजक तोकेको छ । स्वयंसेवकमा सन्तोष महत सेन्ट्रो, रथ संचालन सुरेश जायसवाल, प्राथमिक उपचार मीना जोशी, ब्राह्मण व्यवस्थामा पं.भवानीशंकर निरौला, रथ प्राविधिकमा दीपक प्रधान, प्रसाद व्यवस्था जय शर्मा, पिउने पानी प्रवन्धमा सुनिलकुमार साह, रथ शृङ्गार आनन्द जाजु, फोहर व्यवस्थापनमा जय देवकोटा र नगर शृङ्गारमा ओमप्रकाश राठीलाई संयोजक तोकिएको हो ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!