सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका-८ मासेप बस्ने ५५ बर्षीया उत्रमाया राईको भिरबाट लडेर मृत्यु भएको छ । हिजो दिउँसो सोही स्थानमा रहेको मुल्था भिरमा श्रीमानसंग खर काट्न जादै गरेको अवस्थामा उत्रमाया एक्कासी भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको भनि राती ०९ बजे प्रहरी चौकी नेलेमा खबर प्राप्त भएको थियो । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुबाट समेत प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।