मंगलबार, फाल्गुण २०, २०७६ || 2975  पटक पढिएको

केही दिनअघि पोखरामा क्याम्पस भर्ना भएर गोरखामा धर्मप्रचार गर्दै बसेका चार जना जापनिज नागरिकलाई जिल्लाबाट फिर्ता पठाएको जिल्ला प्रशासन कार्यालयले ८ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पर्यटक भिजामा आएकाहरु काम गरिरहेका भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

विदेशी नागरिक एउटा प्रयोजनमा कागजात बनाएर नेपाल भित्रने र अर्कै काम गर्ने गरेपछि निगरानी बढाइरहेका बेला आरुघाट गाउँपालिका ३ सोतीबाट उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।नौलो नेपाल हाईड्रोपावर कम्पनी अन्र्तगत अपरबुढीगण्डकी जलविद्यूत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ट्याङ गुवागलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, साङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर सोमवार साँझ गोरखादेखि अध्यागमन पठाइएको प्रजिअ पौडेलले बताएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!