मंगलबार, फाल्गुण २०, २०७६ || 758  पटक पढिएको

कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रहेको चीनबाट उद्धार गरी ल्याइएका नेपालीलाई कोरोना भाइरस नभएपछि सोमबारबाट क्वारेन्टाइनमुक्त भएका छन् । यही फागुन ४ गतेदेखि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा बसेका नेपाली सोमबारबाट घर फर्किएका हुन् । चीनबाट ल्याइएका १७५ जनालाई कोरोना भाइरस नेगेटिभ रिपोर्ट आएको थियो । दोस्रो चरणमा पनि कोरोना भाइरस नेगेटिभ आएपछि सोमबार एक समारोहबीच उनीहरूलाई बिदाइ गरियो । १६ दिनसम्म क्वारेन्टाइनमा बिताएका नेपाली बिदाइ हुने क्रममा नेपाल सरकार जिन्दावाद, नेपाली सेना जिन्दावाद, नेपाली मिडिया जिन्दावाद, नेपाल प्रहरी जिन्दावादजस्ता नारा लगाउँदै चीनबाट उद्धार
भएकोमा खुसी देखिन्थे । धेरैबेरसम्म नेपाल सरकार, मिडिया र नेपाली सेनाको जयजयकार गरेका थिए । उनीहरूले जीवनमा सबैभन्दा खुसीको क्षण भएको बताएका थिए । (गोरखापत्र दैनिकबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!