सुनसरी बराहक्षेत्र-७ देबिघाट बस्ने नर बहादुर बर्देवाको छोरी १५ बर्षीया मौसम बर्देवा मृत अवस्थामा फेला परेकी छिन ।हिजो दिउँसो ०२ बजे घरबाट कोहि कसैलाई नसोधि हिडेकी मौसम आज दिउँसो ०३ बजे सुनसरी बराहक्षेत्र-६ ठाकुरबारीको कोशी किनारमा मृत अवस्थामा फेला परेकी हुन । घोप्टो परेको अवस्थामा मृत फेला परेकी बालिकालाई स्थानीय गोठालाले देखी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ स्थानीय सहित घटनास्थलमा खटिएको प्रहरी टोलीले बालिकाको पहिचान गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।