हिपमत डटकम

मंगलबार, साउन १७, २०७९ || 11166  पटक पढिएको

काठमाडौ । नेपालमा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय ६२ पिसिआर परिक्षणका क्रममा ५ सय ९ जना र २ हजार ६ सय ५३ एन्टीजेन परिक्षणका क्रममा ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय ९९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६ सय २५ जना निको भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । हाल नेपालमा ५ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये काठमाडौँ उपत्यकामा तीन हजार पाँच सय ९८ जना छन् । काठमाडौँमा तीन हजार १८, भक्तपुरमा ३० र ललितपुरमा पाँच सय ५० सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ । संक्रिय संक्रमितमध्ये ४ हजार ९ सय ८५ जना होम आइसोलसनमा, १ सय ५९ जना संस्थागत आइसोलेसन, ३८ जना आईसीयू र ५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा थप सङ्क्रमितको मृत्यु भएको छैन ।

नेपालमा हालसम्म सङ्क्रमणबाट ११ हजार ९६८ जनाको मृत्यु भइसकेको छ । आज थप ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!