बिराटनगर। सरकारले बनाएको स्वास्थ्य मापदण्डको आफै उल्लंघन गर्दै खुलेआम मास्क नलगाइकन कार्यक्रममा सहभागि हुँदै आएका प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राई कोरोना संक्रमित भएका छन् । उनीसहित धर्मपत्नी शोभा र राजनीतिक सल्लाहकार राजन राईलाई संक्रमण पुष्टि भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री राई पछिल्लो समय धेरै कार्यक्रम, बैठकमा सहभागि हुँदै आएका थिए । यो आधारमा अरु धेरैल जाँच गराउँदा संक्रमणको दायरा बढ्न सक्ने देखिएको छ ।
मुख्यमन्त्री राईले मास्क नलगाइकन लापरवाह गरेको समाचार न्यू सृष्टि दैनिकले साउन १७ गते प्रकाशित गरेको छ ।
मुख्यमन्त्री मात्र होइन सरकारका मन्त्री, सरकारी कार्यालयमा समेत संक्रमणबारे लापरवाही देखाइएको छ । प्रशासन, प्रहरी प्रमुख, कार्यालय प्रमुखहरूलगायतले स्वास्थ्य मापदण्डको पालना गरेको पाइएको छैन । यसले समुदायमा संक्रमण व्यापक बनिसकेको अनुमान गरिएको छ ।