हिपमत डटकम

मंगलबार, साउन १७, २०७९ || 1995  पटक पढिएको
फ़ाईल तस्बिर

एजेन्सी । अमेरिकाको ड्रोन हमलामा अलकायदाका नेता अयमान अल जवाहिरीको मृत्यु भएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा आइतबार सीआईएले गरेको प्रतिआतंकवाद कारबाहीमा उनको मृत्यु भएको राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन्।

अधिकारीहरूका अनुसार जवाहिरी सुरक्षित घरको बालकोनीमा थिए जब ड्रोनले उनीमाथि दुईवटा मिसाइल प्रहार गरेको थियो ।

परिवारका अन्य सदस्यहरू पनि त्यहाँ उपस्थित थिए । तर उनीहरूलाई कुनै हानी नभएको र जवाहिरीको मात्र मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

बाइडेनले महिनौंको योजनापछि ७१ वर्षीय अल-कायदा नेतामाथि हमलाका लागि अन्तिम स्वीकृति दिएको बताए ।

सन् २०११ मा ओसामा बिन लादेनको मृत्युपछि जवाहिरीले अलकायदाको जिम्मेवारी लिएका थिए । उनी र बिन लादेनले मिलेर ९/११ आक्रमणको योजना बनाएका थिए र उनी अमेरिकाका “मोस्ट वान्टेड आतंकवादी” मध्ये एक थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!