काठमाडौ । कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनावाट ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय ९५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।
५ हजार ९ सय ९ नमूना परीक्षण गर्दा पीसीआरमा ६ सय ३२ र एण्टीजेनमा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३ सय ७३, ललितपुरमा ६६ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी विगत २४ घण्टामा २ सय ६४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ पुगेको छ । संक्रिय संक्रमितमध्ये ४ हजार ७ सय ९२ जना होम आइसोलसनमा, १ सय ४२ जना संस्थागत आइसोलेसन, ३६ जना आईसीयू र ५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ३३ हजार १ सय ७६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।