अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमण समाप्त भइसकेको छ तर उनकी छोरी इभांका ट्रम्प भारतीय सोसल मिडियामा अझै पनि सेलाएकी छैनन् ।
इभांकाको तस्बिर सोसल मिडियामा मज्जाले सेयर भइरहेका छन् । यद्यपि उनका जुन तस्बिर सेयर भइरहेका छन् ती वास्तविक नभई फोटोसप गरिएका हुन् ।
त्यही फोटोसप तस्बिर फेसबुक, ट्वीटर र अन्य सोसल मिडियामा हज्जारौं संख्या सेयर गरिएका छन् ।
यसमध्ये कतिले इभांकालाई ताजमहल अगाडि डायना बेन्चमा बसिरहेको फोटोसप गरेका छन् भने कसैले उनलाई साइकलमा बसालेका छन् ।
अब इभांका आफैंले यी तस्बिरको जवाफमा दिएकी छिन् । उनले भारतीय जनताको न्यानोपनको तारिफ गर्दै धेरै नयाँ साथी बनाएको बताएकी छिन् ।
यसमध्ये एक तस्बिर नायक दलजीत दोसांजको पनि छ । यसमा उनले इभांकासँगको फोटोसप तस्बिर सेयर गर्दै लेखेका छन्, ‘पिछा नै लागिन्, भनिन् मलाई ताजमहल जानु छ …’
Me & Ivanka
Piche hee Pey Gaee Kehndi Taj Mahal Jana Taj Mahal Jana.. 😜
Mai Fer Ley Geya Hor Ki Karda 😎 pic.twitter.com/Pnztfxz7m0
— DILJIT DOSANJH (@diljitdosanjh) March 1, 2020
अब यो ट्वीटमा इभांका ट्रम्प आफैंले जवाफ दिँदै लेखेकी छिन्, ‘मलाई ताजमहल देखाइदिएकोमा धन्यवाद । यो अनुभवलाई म कहिले पनि बिर्सने छैन ।’
ट्वीटरमा राधिका मीणा लेख्छिन्, ‘कसैले ठट्टा गर्दै बनाएको भए पनि तपाईं असाध्यै राम्री देखिनुभएको छ । तपाईंलाई सायद नराम्रो नलाग्ला । भारतीय समाजलाई तपाईंसँग ठूलै लगाव छ ।’
यस्तै सुनील कुमार योगी लेख्छन्, ‘एक महिला जसले लाखौं भारतीयको मन जितिन् । इभांका पुनः भारत आउनुहोस् ।’
https://twitter.com/cell222right/status/1234109483330265089
इभांकाले ताजमहल अगाडि खिचाएको आफ्नो फोटोलाई ट्वीटरमा पिन टु टप गरेकी छिन् । एजेन्सी