हिपमत डटकम

सोमबार, साउन १६, २०७९ || 798  पटक पढिएको

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सामुद्रिक शक्ति बढाउने घोषणा गरेका छन् ।

रुसको नौसेना दिवसको अवसरमा सेन्टपिटरर्सबर्गमा आयोजित कार्यक्रममा उनले रुस महान सामुद्रिक शक्ति बन्न चाहेको बताएका हुन् ।

आफ्नो देश अमेरिकी प्रभुत्वको सामना गर्न सक्ने गरी ‘महान सामुद्रिक शक्ति’ बन्न चाहेको उनको भनाइ छ ।

राष्ट्रपति पुटिनले रुसको स्वतन्त्रता र सम्प्रभुतामाथि चुनौति दिन खोज्नेहरुका लागि नौसेनाको शक्ति बढाउनु महत्वपूर्ण रहेको उल्लेख गरे ।

‘नेटो’को प्रसारका साथसाथै समुद्रमा प्रभुत्व बढाउने अमेरिकाको कोसिस रुसका लागि ठूलो खतरा भएको पनि उनले बताए ।

पुटिनले रुसको स्वतन्त्रता र सम्प्रभुतामाथि आक्रमण गर्नेहरुविरुद्ध जिरकोन हाइपरसोनिक क्षेप्यास्त्र सेनालाई उपलब्ध गराइनेपनि घोषणा गरेका छन् । ति क्षेप्यास्त्रले ध्वनीको गतिमा आक्रमण गर्ने क्षमता राख्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!