हिपमत डटकम

सोमबार, साउन १६, २०७९ || 758  पटक पढिएको

एजेन्सी। भारतको पश्चिम बंगालमा बोमबम तीर्थयात्री चढेको भ्यानमा करेन्ट लाग्दा दश जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य १६ जना घाइते भएका छन् ।

पश्चिम बंगालको कुचबिहारबाट पिकअप भ्यानमा जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा जल चढाउन गएकालाई करेन्ट लागेको हो ।

करेन्ट लागेर अचेत सबैलाई उद्धार गरेर चेंगाबान्धा अस्पताल पुर्‍याइएको थियो । त्यसमध्ये दश जनाको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ ।

घाइते १६ जनाको जलपाइगुडीको सुपर स्पेशलिटी अस्पतालमा उपचार भैरहेको छ ।

मृतक र घाइते सबै कन्बारिया सेतालकुचीका बासिन्दा भएको प्रहरीले जनाएको छ ।

भ्यानमा राखिएको जेनेरेटर सर्ट भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रहरीले भ्यानलाई नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!