हिपमत डटकम

बिहिबार, साउन १२, २०७९ || 625  पटक पढिएको

एजेन्सी । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेका छन् ।

धर्मगुरु मुक्तदा अल–सदरका समर्थक प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गर्ने क्रममा संसद भवन छिरेका हुन् ।

संसद भवन प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेपनि असफल भएको थियो ।

अक्टोबरमा भएको निर्वाचनमा शिया धर्मगुरु सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।

प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन नसकेको हो ।

राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचको लामो समयसम्म पनि इराकमा नयाँ सरकार गठन हुन सकेको छैन ।

अमेरिका विराधी सदर सहित उनका समर्थकहरूले अहिले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानीको विरोधमा प्रदर्शन गरेका हुन् ।

सुदानीलाई इरानसँग नजिक रहेको आरोप लाग्ने गरेको छ । यसअघि सन् २०१६ मा पनि सदरका समर्थकहरू संसद् भवन प्रवेश गरेका थिए ।

निर्वाचनपछिको नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति शुरु भएको हो ।

सन् २०१९ मा पनि इराकमा भ्रष्ट्राचार, बेरोजगारी र सार्वजनिक सेवाको बेतिथिबारे ठूलो प्रदर्शन भएको थियो । सो प्रदर्शनमा सुरक्षाकर्मीले सयौँको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!