जनतामा स्वास्थ्यको पहुँच बढाउन १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आधुनिक स्वास्थ्य सामग्रीयन्त्र जडान भएको ४ एम्बुलेन्स ४ अस्पताललाई हस्तान्तरण गरेका छन् ।
मंगलवार स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आयोजित एक कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
मुख्यमन्त्री राईले एम्बुलेन्स इनरुवा जिल्ला अस्पताल सुनसरी, उदयपुर जिल्ला अस्पताल उदयपुर, मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर उर्लाबारी मोरङ र मेची अस्पताल झापालाई हस्तान्तरण गरेका हुन् ।
मुख्यमन्त्री राईले सरकारले जनतालाई गुणस्तरीय एवं सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्वअनुसार एम्बुलेन्सको व्यवस्था गरेको बताए । साथै एम्बुलेन्स नहुने अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई पनि आवश्यकताको आधारमा हस्तान्तरण गर्न निर्देशन समेत गर्नु भएको छ ।