हिपमत डटकम

सोमबार, साउन ०९, २०७९ || 1207  पटक पढिएको

एजेन्सी।रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले मस्कोका कारण विश्वव्यापी खाद्य संकट उत्पन्न भएको आरोप अस्वीकार गरेका छन् ।

इजिप्टमा भएको अरब लिगका राजदूतको भेलामा उनले पश्चिमा देशले विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारेको तथ्य तोडमोड गरेको दाबी गरेका हुन् ।

विदेशमन्त्री लाभरोभले पश्चिमा देशहरूलाई अन्य देशमाथि हाबी हुन खोजेको आरोप समेत लगाए ।

युक्रेनम युद्धका कारण अरब र अफ्रिकी देशमा खाद्य अभाव देखिएको छ । युक्रेनमा उत्पादित अन्नको निर्यात गर्ने विषयमा शुक्रबार रुस युक्रेन सहमति भएको थियो ।

तर लगत्तै ओडेसा बन्दरगाहमा रुसले आक्रमण गरेपछि सम्झौता कार्यान्वयनमा चुनौती देखिएको छ ।

युद्धबारे आक्रोश बढिरहेका बेला रुसको पक्षमा समर्थन जुटाउन लाभ्रोभ अफ्रिकी देशको भ्रमणमा छन् ।

उनले इजिप्ट स्थित आफ्ना समकक्षी सामेख सुक्रीसँग भेटवार्ता गरेका छन् ।

भेटपछि पत्रकार सम्मेलनमा लाभ्रोभले युद्ध के हो र कसले जित्छ भन्ने थाहा पाएपनि पश्चिमा देशहरूले युद्ध लम्ब्याएको बताए ।

युक्रेन मामिलामा अफ्रिकीहरूले लिएको सन्तुलित अडानको समेत उनले प्रशंसा गरेका छन् । उनी इथियोपिया, युगान्डा र कंगोे ब्राजुभिल पनि जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!