गत बर्षको चैत २२ गते बाट देशभरका विभिन्न हलहरुमा एकै साथ प्रदर्शनमा आएको चलचित्र ‘लभ स्टेशन’ युटुबमा सार्बजनिक भएको छ भने सार्बजनिक भएको २ दिनमै ट्रेण्डिङ्ग नम्बर २ मा पर्न सफल भएको छ । प्रदिप खड्का र जसिता गुरुङ अभिनित फिल्मलाई यो न्युज तयार गरुन्जेल सम्म १८ लाख ४३ हजार ८ सय ३० पटक हेरिएको छ । ५७ हजारले लाइक गरेका छन् भने २८ सयले डीस लाइक गरेका छन् ।
उज्वल घिमिरे निर्देशित सो फिल्ममा प्रदिप खड्का र जशिता गुरुङ को साथ साथै रमेश बुढाथोकी, सिरु बिस्ट, रबि डंगोल , प्रिया रिजाल , प्रकाश शाह , दिनेश काफ्ले, रश्मि पाण्डे आदि कलाकारको अभिनय रहेको छ । शिशिर खातीले कोरियोग्राफ गरेको उक्त सार्बजनिक फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।
उक्त फिल्ममा गोबिन्द शाही, क्रिशु शाही र कबिर बिक्रम शाही निर्माताको रुपमा रहेका छन् भने फिल्मलाई सिने जोन बाट खिचिएको खिचिएको हो । सुनिल नेउरे, सवन शर्मा र दिलिप कार्यकारी निर्देशक रहेको सो फिल्मको कथा बस्तु सुबाश सिङ्ग बस्न्यातले लेखेका हुन् । सार्बजनिक फिल्मामा दिपक शर्मा, सम्भुजित बास्कोटा, राजन राज सिवाकोटी र अलिशा कार्कीको संगीत रहेको छ भने दिपक शर्मा र उषा सेरचनको सब्द रहेको छ ।
उक्त फिल्मको गीतमा सुगम पोखरेल रेश्मा पुन, भूपू पाण्डे, सहिमा श्रेष्ठ , डभिड शंकरको सुमधुर स्वर सुन्न सकिन्छ । नेपाली फिल्म युटुबमा सार्बजनिक नभएको केहि समय पछि सार्बजनिक गरिएको उक्त फिल्म लाइ धेरै दर्शकहरुले हेरिसकेका छन् भने धेरै दर्शकहरुले सकारात्मक प्रतिक्रिया समेत दिन भ्याइसकेका छन् ।