आइतबार, फाल्गुण १८, २०७६ || 991  पटक पढिएको

बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा होफेनहाइममाथि गोल बर्षा गरेको छ । शनिबार राति भएको खेलम बायर्नले घरेलु टोली होफेनहाइमलाई उसैको मैदानमा ६–० गोलले हरायो ।

बायर्नको फराकिलो जितमा फिलिप कोउटिन्होले ३३औं र ४७औं मिनेटमा दुई गोल गरे । यसअघि सर्जी जिनाब्रीले खेलको दोस्रो, जोसुवा किम्मिचले सातौं र जोसुवा जिर्कजीले १५औंमिनेटमा सुरुवाती गोल गरेका थिए ।

लियोन गोरेट्काले ६२औं मिनेटमा छैटौं गोल थरेका थिए । लेवान्डोस्कीले चोटका कारण अहिले चार हप्ता विश्राममा छन् । यस जितसँगै बायर्नले बुन्डेस लिगाको उपाधि सम्भावना बलियो बनाएको छ ।

शीर्ष स्थानमा रहेको बायर्नले २४ खेलबाट ५२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको ४८ अंक छ । लेइपजिगले एक खेल कम खेलेको छ । बायर्नसँग हारेको हेफोनहाइन ३४ अंक सहित आठौं स्थानमा छ ।

अर्काे खेलमा बोरुसिया डर्टमन्डले फ्रेइबर्गलाई १–० गोलले हराएको छ । डर्टमन्डको कठिन जितमा जाडोन सान्चोले निर्णायक गोल गरे । सान्चोले १५औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै डर्टमन्डले दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगसँग अंक बराबरी गरेको छ । डर्टमन्डले ४८ अंक पुगेको छ । ३३ अंक बनाएको फ्रेइबर्ग नवौं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!