बिहिबार, फाल्गुण १५, २०७६ || 1102  पटक पढिएको

रामबाबु गुरुङ निर्देशित तथा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत चलचित्र ‘सेन्टी भाइरस’ भोली शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन थाल्दैछ । चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खर्च गर्ने ‘धुर्मुस सुन्तली’ ले घोषणा गरिसकेका छन् । यसकारण पनि दर्शकहरु रंगशाला निर्माणको सहयोगार्थ चलचित्र हेर्न हल पुगिरहेका छन् ।

अहिले रंगशाला निर्माणमा सघाउन विद्यालयदेखि विभिन्न संघ संस्थाहरुले हल नै बुक गरेर चलचित्र हेर्न थालेका छन् । आज बिहीवारका लागि राजधानीमा सञ्चालित मल्टीप्लेक्सहरुले चलचित्रलाई उपलब्ध गराएका सोज प्रायः सोल्ड आउट भैसकेका छन् । बिहीवार राजधानीमा सञ्चालित विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई ‘सेन्टी भाइरस’ देखाउन हल नै बुक गरेका छन् ।

बिहीवार अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्सले लाबिम मलको १२ः४५ बजेको शो, न्यु जेनिथ स्कुलले छाँया सेन्टरको तीनवटै हल, जेम्स स्कुलले लाबिम मलको विहान ९ बजेको तीनवटै हल बुक गरेर विद्यार्थीलाई चलचित्र देखाएको छ । यस्तै, ओलम्पियन दीपक विष्टले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको निमित्त बानेश्वरको वान सिनेमाजमा बिहीवार दिउँसो १२ बजेको शो किनेका छन् । जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि बिहीवार कुमारी हलको साँझ ६ बजे र मिट लाइफ इन्सुरेन्सले छायाँ सेन्टरको ३ बजेको शो बुक गरिसकेको कलाकार सिताराम कट्टेलले जानकारी दिए ।

बुधवार पनि भि.एस. निकेतन स्कुलले कुमारी हलको १२ बजेको शो बुक गरेर आफ्ना विद्यार्थीलाई चलचित्र देखाइसकेको छ । चलचित्रमा ‘धुर्मुस सुन्तली’ सँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ । श्रीमान्-श्रीमती दुई फरक पार्टीमा आबद्ध हुँदा उत्पन्न हुने समस्यामा चलचित्र केन्द्रित छ । कथावस्तु बलियो भए पनि प्रस्तुतीकरण फितलो हुँदा चलचित्र उत्कृष्ट बन्न सकेको छैन । यद्यपि, केही पञ्चलाइन भने गजब छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!