प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको टेप प्रकरणबारे मुख खोलेका छन्। बिहीबार राजधानीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्ष समेत रहेका ओलीले कमिसन प्रकरणलाई लिएर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आ रोप प्रमाणित भइनसकेको बताए।
बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो केही दिनअगाडि सार्वजनिक भएको थियो।
अडियो सार्वजनिक भएपछि दुई अध्यक्षको निर्देशनपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। बाँस्कोटाको सोही टेपको कार्यकर्ताबीच प्रधानमन्त्री ओलीले बचाउ गरेका हुन्।