सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ नरगीमा श्री सिताराम नाम सङ्कीर्तन तथा विष्णु महायज्ञ शुरु भएको छ ।
विष्णु महायज्ञको उद्घाटनमा १९ गते शनिबार बृहत् कलश यात्रा निकालेको थियो । उत्त कलश यात्रामा सहभागी भएका श्रद्धालुहरुलाई सिरहा जिल्ला बरियारपट्टी गाउँपालिका वडा नम्बर ५ का युवा नेता अजय कुमार यादबले नि:शुल्क भोजन गराएका थिए । उक्त कलश यत्रामा हजरौ श्रद्धालुहरु सहभागी रहेका थिए ।
श्रद्धालुहरुलाई भोजन होईन, प्रशादको रुपमा चिउरा, दही र चिनी खुवाएको यादवले हिपमत डटकमलाई बताए ।
साथै श्री त्रिनेत्र एकेडेमी बरियारपट्टीले स्वयम सेवकहरुका लागि टि-सर्ट प्रदान गरीको हो ।
श्री श्री १००८ विष्णु महायज्ञ समिती एवं हिन्दुत्व परिवारको आयोजनामा आयोजित सो विष्णु महायज्ञ चैत २० गतेदेखि २७ गतेसम्म ७दिन सम्म चल्ने छ ।
विष्णु महायज्ञ आयोजनामा स्थानियहरुको साथ र सहयोग रहेको बिष्णु महायज्ञ समितिका अध्यक्ष विशेश्वर यादवले जानकारी दिए । यादवका अनुसार महायज्ञमा मुख्य मण्डप र सहायक मण्डप गरी विभिन्न देवी देवताका दर्जनौँ मूर्तिहरू रहेका छन् ।
महायज्ञमा होम जप, कथा पुराण लगायत धार्मिक र सांस्कृतिक कार्यक्रम सहित झुला, मौतका कुवा लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू रहेका छन्।
महायज्ञमा सिरहा, सप्तरी र छिमेकी राष्ट्रय भारतका लाखौं भक्तजनहरू सहभागी हुने आयोजकले बताए ।
महायज्ञ रामवालक दास बाबाको विशेष पहलमा उक्त विष्णु महायज्ञको आयोजना गरिएको हो ।