नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।
सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार नै पुगेर राजदूत युसुफले सभामुख सापकोटासँग भेट गरेका हुन् ।
भेटमा कतारमा रहेका नेपाली कामहरुको योगदानको राजदूतले खुलेर प्रशंसा गरेका थिए ।
सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारले गरेको योगादनको उनले प्रशंसा गरेका हुन् ।