तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ हमरजुङमा बाल मैत्री स्थानीय शासन सम्बन्धि पुर्नताजकी तालिम आज सम्पन्न भएको छ । तालिममा बालमैत्री स्थानीय शासन कार्यक्रमको अबस्था,कार्ययोजना रणनीति , घोषणा कार्यक्रमको तयारी र पूरा गर्नु पर्ने सुचकहरु लगायतको बिषयमा छलफल गरिएको थियो । तालिममा गणक तथा जनप्रतिनिधि टोल बिकासका संयोजक लगायतको सहभागीता रहेकोे कर्यक्रमको सहजीकरण देउराली सोसाइटी तेह्रथुमका अभियान्ता मंगल लिम्बुले गर्नु भएको थियो । तालिम देउराली सोसाइटी तेह्रथुमको आयोजना तथा छथर गाउँपालिका तेह्रथुमको सहयोगमा सम्पन्न भएको हो ।