हिपमत डटकम

बुधबार, पौष २८, २०७८ || 594  पटक पढिएको

मुटुका गम्भीर बिरामी ५७ वर्षीय पुरुषमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मटु प्रत्यारोपण गरिएको छ। यो सफलताले लाखौं बिरामीमा आशा सञ्चार गरेको छ। मानिसमा सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएको यो पहिलोपटक हो।

यो शल्यक्रिया गर्न चिकित्सकलाई ८ घण्टा लागेको थियो। अमेरिकाको बाल्टिमोरमा गत शुक्रबार सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेबिड बेनेट अहिले स्वस्थ रहेको युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकले बताएका छन्।

‘यो मुटुले धड्कन र रक्तचाप सिर्जना गरेको छ। यो उनको मुटु हो,’ शल्यक्रियामा संलग्न चिकित्सक डा। वार्टले ग्रिफिथले भने, ‘प्रत्यारोपण गरिएको मुटुले काम गरेको छ। यो सामान्य देखिएको छ। हामी अत्यन्त खुसी छौं तर भोलि के हुन्छ भन्ने हामीलाई थाहा छैन। किनभने यस्तो प्रत्यारोपण यसअघि कहिल्यै भएको थिएन’।

गत वर्षमात्र अमेरिकामा ४१ हजार ४४ जनाले प्रत्यारोपण गरिएको अंग प्राप्त गरेका थिए। जसमध्ये आधाले मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपण गर्न आवश्यक अंग पाउन गाह्रो छ। प्रत्यारोपणका लागि आवश्यक अंग नपाउँदा अमेरिकामा हरेक दिन १२ जनाको मृत्यु हुने गरेको छ। गत वर्ष अमेरिकामा ३ हजार ८१७ जनाले मानव मुटु प्रत्यारोपण गरेका थिए। मुटुको माग बढ्दो छ।

मानिसको शरीरले अस्वीकार नगर्ने सुँगुरको मुटु बनाउन वैज्ञानिकले पछिल्ला केही वर्षदेखि अथक प्रयास गर्दै आएका थिए। यसका लागि सुँगुरमा आनुवंशिक सम्पादन र क्लोनिङ प्रविधिको मद्दत लिइएको थियो। केही महिनाअघि न्युयोर्कमा चिकित्सकले आनुवंशिक रूपमा परिवर्तन गरिएको सुुगुरको मिर्गौला एक ‘व्रेन डेथ’ भएका बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरेका थिए।

मानिसमा सँुगुरको मुटु प्रत्यारोपण गरिएपछि यसले औषधि विज्ञानमा पनि नयाँ अध्याय थप्ने अनुसन्धानकर्ताको अपेक्षा छ। यो प्रत्यारोपणले मुटु, मिर्गौला र अन्य अंग प्रत्यारोपणको प्रतीक्षामा रहेका ५ लाखभन्दा बढी अमेरिकीमा आशाको सञ्चार गराएको छ। ‘यो अत्यन्त महत्वपूर्ण उपलब्धि हो,’ अमेरिकाको युनाइटेड नेटवर्क अफ अर्गान सेयरिङका प्रमुख मेडिकल अधिकृत तथा ट्रान्सप्लान्ट फिजिसियन डा। डेविड क्लासेनले भने।

तर यस्तो प्रत्यारोपण समस्यामुक्त नहुने र सफलतापूर्वक प्रत्यारोपण गरिएको मिर्गौलालाई पनि केही समयपछि शरीरले अस्वीकार गर्न सक्ने देखिएको क्लासेनको कथन छ। ‘यस्तो सफलताको सञ्चारमाध्यममा व्यापक प्रचारप्रसार हुन्छ तर यस प्रकारका थेरापी परिपक्व हुन समय लाग्छ,’ उनले भनेका छन्।

मृत्यको संघारमा पुगेका बेनेट प्रयोगात्मक उपचार (सुँगुरको मुटु प्रत्यारोपण) का लागि तयार भएका थिए। बेनेट मानव मुटु प्रत्यारोपण थेग्न नसक्ने अवस्थामा थिए। अन्य उपचारले पनि केही काम नगर्ने स्थितिमा उनी पुगेका थिए। बेनेटको अवस्था आगामी दिनमा कस्तो हुनेछ भन्ने अझै प्रस्ट छैन। उनी अहिले पनि मुटु र फोक्सो जोड्ने बाइपास मेसिनको सहारामा छन्। तर प्रत्यारोपण गरिएको नयाँ मुटुले काम गरेका कारण एकदुई दिनभित्रै बेनेटलाई यो मेसिनबाट बाहिर निकाल्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!