झापाको मेचीनगर नगरपालिका-१० टिकापुरबाट १०० ग्राम ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट बुधवार साँझ ६ बजे खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का ३८ बर्षीय हिरालाल राजवंशीलाई १०० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका राजवंशीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।