काठमाडौँ । फोहोरमैला व्यवस्थापन संघ नेपाल (स्वामान्)को छैठौँ साधारणसभा हालै सम्पन्न भएको छ । पुस २४ गते शनिवार बत्तीसपुलस्थित अनुपन फुडल्याण्डमा सम्पन्न भेलाले दुई वर्षको लागि अध्यक्ष धनप्रसाद आचार्यलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

१७ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षत्रय सहदेव राउत, रामकुमार घिमिरे, बबरमान तामाङ, महासचिव मित्रप्रसाद घिमिरे, सचिवद्वय भूपाल आचार्य, निरकुमार वाग्ले, कोषाध्यक्ष राजेन्द्र पोख्रेल, सहकोषाध्यक्ष लक्ष्मीप्रसाद गेलाल, सदस्यहरुमा पदम थापा, मुना न्यौपाने, संगीता वानियाँ, गीता कार्की, नवराज आचार्य, ओमराज लामा, सुवास लामा, केदार के.सी. रामेश्वर पोखरेललगायतको निर्विरोध निर्वाचित गरेको छ ।
साधारणसभाको उद्घाटन पूर्वरक्षा मन्त्री भिमसेनदास प्रधानले र नेपाल सरकार पूर्वमुख्य सचिव एवं बागमती अभियन्ता लिलामणि पौडेल संयुक्त रुपमा फूलमा पानी हाली, दीप प्रज्वलन गरी र स्वामानद्वारा प्रकाशित स्मारिकामा हस्ताक्षर गरि गर्नुभएको थियो ।

अन्य अतिथिहरुमा बागमती अभियन्ता एवं जेष्ठ नागरिक गोविन्दप्रसाद काफ्ले, वातावरणविद् अञ्जु शाह सिंह, वातावरण संरक्षण गैरसरकारी महासंघका संस्थापक अध्यक्ष टीकाराम दाहाल, पूर्व अध्यक्ष बासुदेव उप्रेती, काठमाडौँ महानगरपालिकाका वडा नंं ७ का वडाअध्यक्ष सुद्धकुमार डंगोललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाका वरिष्ठ उपाध्यक्ष सहदेव राउतले स्वागत मन्तव्यका राख्नुभएको थियो । त्यस्तै, पूर्वमुख्य सचिव लिलामणि पौडेल, वडाध्यक्ष सुद्धकुमार डंगोललगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमका सञ्चालन संस्थाका महासचिव मित्रप्रसाद मिमिरेले गर्नुभएको थियो ।

फोहोरमैलाका सन्दर्भमा सरकारसँग नीति नियम बनाउने तथा स्थानीय सरकारका निकायलाई समेत आपसी समन्वय र सहकार्य गर्दै फोहोरमैलामा क्रियाशील संघसंस्थाहरुको वृद्धि विकासका क्षेत्रमा स्वामानले अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेको छ । आजभन्दा ६ वर्षअघि स्थापित यस संस्थामा ७८ वटा संघसंस्था आवद्ध रहेका छन् । स्वामानले मुख्य त फोहोरमैलासम्बन्धी कार्यशाला गोष्ठी, फोहोरमैला व्यवस्थापन राष्ट्रिय सम्मेलन, उत्प्रेरणा तथा सम्मान कार्यक्रम, सम्पदा पद यात्रा, बागमती, रुद्रमती, विष्णुमती नदी र विभिन्न सरसफाइ अभियानमा सहभागि, कार्य सञ्चालन निर्देशिका जारी, अवलोकन भ्रमण,अध्ययन भ्रमणजस्ता कार्यक्रमहरू समेत क्रियाशील रहेको संस्थाका अध्यक्ष धनप्रसाद आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!