हिपमत डटकम

बुधबार, पौष २१, २०७८ || 595  पटक पढिएको

प्रतिनिधिसभाको पुस २२ गते बोलाइएको बैठक स्थगित भएको छ । संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारका लागि निर्धारित बैठक स्थगित गरेको हो ।

पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । संसद सचिवालयका एक अधिकारीका अनुसार नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुस २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठक पछि सार्न माग गरेको थियो ।

यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!