हिपमत डटकम

आइतबार, पौष १८, २०७८ || 337  पटक पढिएको

सरकारी क्वार्टरमै आत्महत्या गरेको भनिएका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवको परिवारले घटनाको छानविनका लागि उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । एसएसपी यादवकी श्रीमती रुपम कुमारी यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेकी हुन् ।

एसएसपी यादवले पुस ११ गते संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत थिए । उनी सरकारी क्वार्टरमा आत्महत्या गरेको भनिएको छ । यद्यपी प्रहरीले त्यसको छानविन गरिरहेको छ । एसएसपी यादवको मृत्युलाई पारिवारिक कारण हुनसक्ने भनिएको कुरा प्रति पनि उनकी श्रीमतीले आपत्ति जनाएकी छन् ।

यादवको मृत्युमा पारिवारिक कारण हुन सक्ने संकेत गरेकोमा के को आधार त्यसो भनिएको हो भन्दै उनले त्यसको जवाफ पनि माग गरेकी छन् । उनले पारिवारिक वातावरण सामान्य र सौहार्दपूर्ण रहेको जानकारी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!