केहि समय अघि देखि चर्चामा आएको शो हो “कमेडी च्याम्पियन” जसमा हजारौ प्रतिस्पर्धी बाट छनोट हुदै आ-आफ्नो प्रस्तुति देखाउदै दर्शक तथा जर्जलाइ भरपुर मनोरंजन दिदै अहिले टप ४ सम्म आईपुगेका छन् । भने कमेडी च्याम्पियनमा प्रत्येक हप्ता को एपिसोडमा नया नया गेस्टलाइ पनि ल्याउने गरिन्छ त्यस्तै हिजो अर्थात् मंगलबारको एपिसोडमा धुर्मुस सुन्तली तथा सुबोध गौतमलाई ल्याइएको थियो ।
पछिल्लो समय सामाजिक कार्यमा अग्रसर धुर्मुस सुन्तलीले धेरै नेपालीको हितमा आधारित काम गरिसकेका छन् । त्यस्तै उनीहरु अहिले “गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला” को निर्माणमा जुटिरहेका छन् । जुन कार्यलाई धेरै नेपाली तथा बिदेशीहरुले आफुले सकेको सहयोग गर्दै आएका छन् भने हिजोको एपिसोडमा निम्त्याइएका धुर्मुस सुन्तलीलाइ कमेडी च्याम्पियनमा जर्जको भूमिका निभाउदै आएकी तथा नेपाली फिल्मी क्षेत्रका कयौ फिल्ममा अभिनय गरिसकेकी नायिका ऋचा शर्माले धुर्मुस सुन्तलीको अगुवाइमा जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि २५ हजार सहयोग गरेकी छन् । धुर्मुस सुन्तलीले गर्न लागेको उक्त कार्य १ जनाको मात्र नभई सम्पूर्ण नेपाली तथा नेपाली खेल प्रेमीहरुका लागि भएकोले उक्त क्रिकेट रंगशाला निर्माणमा धेरै नेपालीहरु जुटिरहेका छन् भने रंगशाला निर्माणका लागि धेरैले सहयोग गर्दै आएका छन् । त्यस्तै भर्खरै बैबाहिक बन्धनमा बाधिएकि ऋचा शर्माले पनि धुर्मुस सुन्तली फ़ाउण्डेशन लाइ उक्त रकम सहयोग गरेकी हुन ।