रबिन्द्र बराल

बुधबार, पौष १४, २०७८ || 407  पटक पढिएको

धनपालथान गाउँ पालिकाले घरदैलोमा स्वास्थ्य सेवा पु-याउने उदेश्य का साथ एक दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँपालिका र विराट टिचिङ अस्पताल तथा गोल्छा आखाँ अस्पतालको काे संयुक्त रुपमा प्राविधिक सहयोगमा गाउँ पालीका ले एकदिने शिविर गरेको हाे । शिविरमा ६ सय ८१ जनालाई शिविरमा स्वास्थ परिक्षण गरेको थियोे ।

साे कार्यक्रम वार्डन ७ स्थित सर्वोदय मावीमा भएको स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले बताए । शिविरमा स्त्रिीतथा प्रसुति, मुटुरोग,छालारोग, जनरल फिजिसियन, हाडजोर्नी तथा आँखा रोग सम्वन्धि विशेषज्ञसेवा दिएका थिए । शिविरमा बिरामी हरु लाई ९० प्रकार काे औषधि निशुल्क वितरण गरेका थिए । शिविर काे उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले गरेका थिए ।

उहाँले स्वास्थय सेवामा पहुच पुग्न नसकेको विपन्न परिवारलाई पालिका लेे यसरी गाउँ मै स्वास्थ्य शिविर ल्याएकाे मा धन्यवाद समेत दिएका थिए । धनपालथान गाउपालिकाका अध्यक्ष हरिलाल सिंहले घरमा वसेर रोग लुकाउने वानी अहिलेपनी रहेकाले त्यस्ता विरामीलाई अस्पतालमा आएर निशुल्क सेवालिन आग्रह समेत गर्नु भएको थियो । शिविरमा आएका ४७ जनामा मोतियाविन्दु देखिएकाले उनिहरुलाई गाउँ पालिकाको सहयोगमा गोल्छा आखा अस्पतालमा निशुल्क अपरेशनको व्यवस्था मिलाइएकाे सिंहले बताए ।

सिविरमा विराट टिचिङ अस्पताल तथा गोल्छा अस्पतालका चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!