भिमाद नगरपालिका-६ शान्तिनगर बस्ने कुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ पिरुङ बस्ने ५३ वर्षीय चन्द्र बहादुर बिक लगायत १६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनीहरुलाई नगद करिब १ लाख ९ हजार ५ सय ५ रुपैयाँ र र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।