बिराटनगर । गाउँमा कसैको मा काम पर्दा उनै भदैया , खेतमा बाली उठाउनु पर्यो उनै भदैया
कसैको बारीमा मल हल्न्नु पर्यो उनै भदैया , हतारमा कतै बाहिर जानु पर्यो घरमा काम गर्न्ने मान्छे चाहियो उनै भदैया ,
तर आज आफै बिमारी भएर थला पर्दा कसैले सोधेनन् ,के भयो भदैया ?
मोरंग पथरीशनिश्चरे नगरपालिका वडा नम्बर – ५ निवासी ५५ बर्सिय भदैया ऋषिदेव (सुसहर) यतिबेला मुखको घाउबाट ग्रसित छन्।
दैनिक ज्याला मजदुरी गरेर खाने भदैया गत मङ्सिरबाट मुखमा घाउ आएपछि बिभिन अस्पताल धाउदै आएका छन् ।
क्यान्सरको आशंका गरिएका उनि संग जाच गर्नलाई समेत खर्च छैन। गरिब परिवारका उनि खेति मजदुरि गरेर जिबिको पार्जन गर्दै आएका भदैया पटक पटक आफ्नो क्षमताले भ्याएसम्म उपचार गराउन कोसिस गरे तर डाक्टरहरुले ३/४ लाख रुपैया उपचारमा खर्च हुन्छ भनेपछि पछि हट्नुको विकल्प नभएको भन्दै उनले। हिपमतकर्मी वीरेन्द्रकुमार साहसंग दुख बिसाए
आफ्नो आर्थिक अवस्था कमजोर भएपछि दिनदिनै मृत्युसंग लडिरहेका उनलाई धेरै राजनीतिक दल बाट आएर हामी उपचार गर्दिन्छु भनेर आशा मात्र देखाए तर कोई पनि फर्केर आएनन् उनले गुनासो गरे । “धेरै नेतालाई गुहार लगाए तर सबैतिरबाट आश मात्र पाए उपचार कसैले गरेनन्” ।
उनले मन दुखाउदै भने – “म र मेरो मुसहर समुदाय केवल नेताहरुको भोट बैंकको रुपमा मात्र प्रयोगका लागि मात्रै रहेछौ” तर हामिलाई पर्दा कसैले हेर्दैन हामि कसैलाई चाहिदैनौ केवल हाम्रो भोट मात्र सबैलाई चाहिएको रहेछ । उनले गहभरि आंशु पार्दै दुख पोखे।
आफुसंग ज्याला मजदुरी गरेर जम्मा गरेको २०/ २५ हजार अस्पताल धाउदा धाउदै सकिएको र मुख को घाऊ बढ्दै गएकोले
थप उपचार को लागि आफुसंग अब कुनै बाटो नभएकाले अन्तिममा मिडिया संग गुहार माग्दै सक्नेले सकेको सहयोग गरिदिएर आफ्नो ज्यान
बचाई दिन उनले सबै नेपाली लाई अनुरोध गरे।
जानकारी वा सहयोगका लागि सम्पर्क – ९८०४०१६३९४