हिपमत डटकम

शनिबार, पौष ०३, २०७८ || 492  पटक पढिएको

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ ।

पार्टी कार्यालय सानेपामा पहिलो १०० मत गन्दा सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले पाएका छन् । उनले ५३ मत पाएका छन् । १३ औं महाधिवेशनबट महामन्त्रीमा निर्वाचित कोइराला १४ औं महाधिवेशनमा सभापति पदको आकांक्षी थिए । तर अन्तिममा केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । उनलाई शेरबहादुर देउवाले पनि आफ्नो प्यानलमा राखेका थिए ।

दोस्रो स्थानमा रहेका उदयशम्शेर राणाले ४४, रामहरि खतिवडाले ४३, रमेश लेखकले ४२ र एनपी साउदले ३७ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । कांग्रेसमा खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुन्छन् । ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको हालसम्म पदाधिकारी र मधेसीतर्फको केन्द्रीय सदस्यको मात्र नतिजा आएको छ । खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना शनिबार साँझसम्म सक्ने निर्वाचन समितिको तयारी छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!