भरतपुर महानगरपालिका-१ भतेरी जंगलबाट २ सय ४४ पिस नियन्त्रित लागूऔषध नोरफिन, डाईजेपाम र ट्रामासहित तनहुँ म्याग्दे गाउँपालिका-१ बस्ने ४५ वर्षीय प्रकाश खनाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
ग.२० प ६१५५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।