हिपमत डटकम

बुधबार, मंसिर २९, २०७८ || 419  पटक पढिएको

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-२१ ललितपुर बस्ने ४२ वर्षीय अमर महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा उच्च अदालत पाटनबाट २०७८ असोज ८ गतेको फैसलाले ४ दिन कैद र ४५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो ।

महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात नभएको भन्ने जानी जानी पीडितहरूलाई झुक्यानमा पारी २०७५ असोज २४ गते मेगा बैंक लिमिटेडको चेकहरु दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!