मोरङको रंगेली नगरपालिका ९ स्थित शान्ति चोक नजिकै बर्षाे देखि बसोबास गर्दै आईरहेका मरण्डी समुदायहरु अहिले बाँसकाे चाेयाबाट सामग्रीहरु बनाउन व्यस्त हुन थालेका छन् ।
पहिलो चरणकाे काेराेना भाईरका कारण निषेधाज्ञा तथा लकडाउनका कारण साेहि पेशाबाट आस्रित रहेका परिवार अहिले पुनः पेसालाई निरन्तरता दिन थालेका छन् । आफ्नो व्यवसाय बाट उनिहरुले आफ्नो ८ परिवार पालिरहेका छन् । बाँसकाे चाेया बाट ढाकी, चल्ला छाेप्ने, बाेटा बिरुवा छाेप्ने सामाग्री बनाउन ब्यस्त हुन थालेका हुन् । गत वर्ष सुरु भएको कोरोना भाइरसको कारण उक्त परिवारलाई साे पेशा बाट परिवार पाल्न पाेषण गर्ने हम्मेहम्मे परेको थियोे तर अहिले लकडाउन खुले पछि उनीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिन थालेका छन् ।
उनीहरुले तराईमा पाइने बाँसबाट चाेया निकाले र उक्त सामाग्रीहरु बनाउदै आईरहेका छन् । परापुर्वकाल देखि नै आफुहरुले आफ्नो परिवार साे पेशाबाट पालनपोषण गर्दे आईरहेकाे रामप्रसाद मरणीले बताए । बाँस बाट बनाईएकाे समाग्रि बिक्रीवितरण गर्नेका लागि माेरङकै पुरानाे दाेहमहना बजार, कर्सिया बजार लगायत गाउँ घरमै समेत लगेर बिक्रीवितरण गर्ने गरेकाे मरणिले बताएका छन् ।
दैनिकी बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म परिश्रम गरेर उक्त सामग्री बनाउने गरेको र दैनिकी ४ देखि ५ बटासामग्रीहरु बनाउने गरेको रामप्रसादले बताए।