हिपमत डटकम

सोमबार, मंसिर २०, २०७८ || 412  पटक पढिएको

तनहुँको शुक्लागण्डकी नगरपालिका-१ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ । आइतबार राति सिकार खेल्न गएकाबेला गोली लागेर सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले पुष्टि गरे ।

शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएकोबेला घटना भएको प्रहरीको भनाइ छ । गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको डीएसपी खड्काले जानकारी दिए । ‘दुई जना सिकार खेल्न गएका रहेछन् । त्यसैबेला गोली लागेर घट्नास्थलमै मृत्यु भएको रहेछ,’ उनले भने ।

प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!