मोरङ। बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध ६ एम्पुल लुपिजेसिक, ६ एम्पुल डाईजेपाम, ६ एम्पुल एभिल र ६ एम्पुल फेनारगन सहित सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने २१ वर्षीय दिब्य राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका राईलाई जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।