हिपमत डटकम

बुधबार, मंसिर ०८, २०७८ || 378  पटक पढिएको

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनरत बार एसोसिएसनले आज (बुधबार) बिराटनगर उच्च अदालतमा विरोधसभा गरेको छ। चौथो चरणको आन्दोलनअन्तर्गत विरोधसभा गरेको हो ।

धर्ना तथा बिरोधसभामा प्रमुख अतिथी बारका पूर्व केंद्रीय उपाध्यक्ष एबम संबिधानबिद टिकाराम भट्टराई रहनु भएको थियो ।

प्रमुख अतिथि भट्टराईले कोणसभालाई सम्बोधन गर्दै भने अहिलेको यो प्रधानन्यायाधीशको नैतिकता माथि प्रश्न उठेको छ। न्यायालयबाट विकृत र बिसंगती को अन्त्य गर्नु पर्छ । पदीय मर्यादाको उल्लंघन भएको ले हामी आज २३ औं दिन आन्दोलनमा छौ। हामी भ्रष्टाचार विरुद्धको उच्च तहको आन्दोलनमा छौ। यो मुद्धा राष्ट्रीय स्तरको नभई अन्तराष्ट्रीय स्तरमा पुगेको बताए । हामी बीच केही कमिनिकेशन ग्याप रहेपनि यो आंदोलन एक्काशी नभई एक पछि अर्को बिबादित निर्णयको बिरुद्ध गरीएको हो। नेपाल बार एसोसिएशनले गएको श्रावण ८ गते ५ बुदे माग पेश गरे पनि प्रधान नयाधिश नसचिएको र एक पछि अर्को मनोमानी ढङ्गले निहीत स्वार्थ को बिषयका मुद्दाको फैसला गरेको र जुन मुद्धामा फाइदा छैन त्यस्ता मुद्दालाई बर्षौ थनकाएर राखेको आरोप लगाएको छ । मनपरि ढंगले सरुवा गर्ने, बिचौलियाको बिगबिगि छ , करौडो को भ्रष्टाचार गरेको मंत्री मण्डलमा भाग मागेको , परिवार को सदस्यको बिभिन्न नियुक्तिमा भर्ना गरेका आरोप लगाउदै सेटिङ गर्ने प्रधानन्यायाधीश, भ्रष्टाचारी प्रधानन्यायाधीश हामीलाई चाहिँदैन बताए ।

न्यायपालिकालाई प्रहरी प्रशासनबाट डोमिनेट गरेर, करप्शनलाई बढाउने काम गरिराखेको छ । बिचौलियाको नाइके हामीलाई चाहिएको छैन । हामीलाई शुद्ध न्याय दिने, निष्पक्ष न्याय दिने, स्वच्छ न्याय दिने, निर्भिक न्याय दिने, स्वतन्त्र न्यायपालिकाको प्रधानन्यायाधीश चाहिन्छ । त्यस किसिमको प्रधानन्यायाधीश जबसम्म हामीले ल्याउन सक्दैनौँ, तबसम्म यो आन्दोलनको कार्यक्रम जारी रहने भट्टराईले बताए ।

विरोधसभामा नेपाल बार एसोसिएशन का केंद्रीय सदस्य मनोज चौधरी, पूर्ब मोरंग बारका अध्यक्ष देबेन्द्र कोइराला लगायत दर्जनौं अधिबक्ताहरुले आफ्नो मन्तब्य राखेको थियो ।

उच्च अदालत बिराटनगरमा धर्ना बसेको उक्त धर्ना को नेतृत्व उच्च अदालत बार इकाई बिराटनगरको अध्यक्ष नारायण प्रसाद दहालले गर्नु भएको थियो ।

राजीनामा दिन दबाव किन?

प्रधानन्यायाधीश जबरामाथि यतिबेला राजीनामा दिन दबाव परेको देखिएको छ।

मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको हो।

सर्वोच्च अदालत र सरकारका प्रवक्ताले त्यो आरोप अस्वीकार गरिसकेका छन्। उनको मागअनुसार बनाइएका भनिएका मन्त्रीले पनि पदबाट राजीनामा दिइसकेका छन्।

  • प्रधानन्यायाधीशको ‘श्रीपेच खोस्न’ न्यायाधीश-बार ‘एकमत’
  • प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा यतिखेर किन विवादमा परेका हुन्

तर त्योसहित विभिन्न विषय उठाउँदै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालतकै न्यायाधीश अनि अवकाशप्राप्त कतिपय प्रधानन्यायाधीश र न्यायाधीशहरूले जबराको राजीनामाको अपेक्षा दर्शाएका छन्।

यसरी चरम विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने केही समय अघि बीबीसीसँग कुरा गर्दै धेरैतिरबाट राजीनामाको माग भइरहेका भए पनि त्यसो गर्न आफू तयार नरहेको अडान व्यक्त गरेका थिए।

उनले बरु आफू महाभियोगको सामना गर्न तयार रहेको सङ्केत दिएका थिए।

को हुन् चोलेन्द्र शम्शेर जबरा?

ओमप्रकाश मिश्र सेवानिवृत्त भएपछि पौष २०७५ मा चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीश बनेका थिए।

उनको जन्म मंसिर २०१४ मा कालिकास्थानमा भएको सर्वोच्च अदालतको वेबसाइटमा प्रकाशित विवरणमा उल्लिखित छ।

उनले नेपाल ल क्याम्पसबाट डिप्लोमा इन ल (डीएल) गरेका छन्।

उनी वैशाख २०५३ मा जनकपुर पुनरावेदन अदातलमा अतिरिक्त न्यायाधीश बनेर न्यायसेवामा प्रवेश गरेका हुन्। त्यसअघि उनी अधिवक्ताका रूपमा काम गर्थे।

तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावलाई अघि नबढाउन तथा उनलाई काममा फर्काउन वैशाख २०७४ मा आदेश दिएपछि जबरा चर्चामा आएका थिए।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!