हिपमत डटकम

बुधबार, मंसिर ०८, २०७८ || 361  पटक पढिएको

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कार्यकारिणी समिति विस्तार गर्न लागेको छ । हाल जसपाको कार्यकारिणी समिति ३५ सदस्यीय रहेकामा बढाएर ५३ सदस्यीय बनाउन लागिएको हो । पार्टीले १८ जना थपेर ५३ सदस्यीय कार्यकारिणी समिति सदस्य बनाउन गृहकार्य थालिसकेको छ ।

 

मंसिर ५ गतेदेखि चलिरहेको कार्यकारिणी समितिको बैठकमा त्यस बारेमा छलफल सुरु भएको कार्यकारिणी सदस्य रामनरेश रायले बताए । यस विषयमा समितिका सदस्यहरुले आआफ्नो धारणा राख्ने क्रम जारी रहेको उनको भनाइ छ ।

जसपाले कार्यकारिणी समिति विस्तार गर्दा १८ जनामध्ये १३ जना महिला राख्नुपर्ने हुन्छ । संविधान अनुसार ३३ प्रतिशत महिला अनिवार्य राख्नुपर्ने भएकाले १३ जना अनिवार्य रुपमा महिला समावेश गर्नुपर्ने बाध्यतामा जसपा परेको हो ।

५३ को ३३ प्रतिशत १८ हुन्छ । १८ जना महिनामध्ये अहिले जसपाको कार्यकारिणी समितिमा ५ जना महिला मात्र छन् । अब १८ संख्या पुर्याउन १३ जना महिला कसरी छनौट गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!