हिपमत डटकम

आइतबार, मंसिर ०५, २०७८ || 455  पटक पढिएको

कास्की, पोखरा महानगरपालिका-२७ अर्घौंचोक बस्ने राजेन्द्रमणी लामिछानेको घरको बैठकमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा सोफासेट, मोबाइल, टिभी र टिभी र्‍याक लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुरस्थित खजुरा गाउँपालिका-२ सि गाँउ बस्ने ४२ वर्षीय भिम बहादुर नेपालीले संचालन गरेको पूर्णिमा एण्ड समिक्षा गार्मेन्ट उद्योगमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा कपडा, मेसिन तथा फर्निचर जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!