डा. बालकृष्ण शाह

आज षष्ठी अर्थात निराहार व्रत बसेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने छठको महत्त्वपूर्ण दिन हो । छठको मुख्य पूजा आज बेलुका र भोलि बिहान हो । यी प्रमुख पूजाहरू घरमा नभई जलाशयमा बनाएको छट–घाटमा नै हुने गर्छन् ।

छठमा घाटको विशेष महत्त्व हुन्छ । घर नजिक रहेको जलाशय अर्थात पोखरी, खोला, नदी, ताल, तलाउ, नहर छठका लागि रोज्ने गरिन्छ । यस्ता जलाशयमा छठ पूजाका लागि घाट बनाउनुपर्ने चलन छ ।

यस्ता छठ घाटलाई हरियो गोबरले लिपेर, केराको थाम र फूलले सजाउने परम्परा छ । रातको अँध्यारोमा दियो, मैनबत्ती बालेर सजाएको हेर्दा मनमोहक देखिन्छ ।

समान्यतया घरमा नै तयार गरिएको ठेकुवा, खजुर्या, भुसुवा, केरा, अनि बारीमा रहेको बेसार, अदुवा, मुला, उखुलगायत फलफूल नै प्रसाद बनाउने छठमा बजारका मिठाईहरू प्रयोग गर्ने चलन खासै छैन । किसान परिवारले आफ्नै उत्पादनले पूजा गर्ने भएकाले छठ सामग्री तयार गर्न मेहनत धेरै हुने, व्रत बस्न कठिन हुने तर महँगाे नहुने गरेको वृद्धहरू बताउँछन् ।

 

 

अहिले समय फेरिएको छ । अहिले आफ्नो उत्पादन छैन । ठेकुवा, खजुर्या, फुसुवाका लागि चाहिने पिठो, तेल, सख्खरमा हामी आत्मनिर्भर छैनौँ । यिनै कुराहरू बजारबाट ल्याउनुपर्ने साथै अदुवा, हल्दी, उखु, तरकारी पनि किन्नुपर्ने बाध्यता थपिएको छ । यी पूजा सामग्री मात्रै होइन, पूजाको घाटका लागि पनि पैसा खर्चिनुपर्ने भएको छ ।

आफैँले जलाशयमा सफा गरेर घाट बनाउने अनि केराको थाम लगाउने, फूल र कागजले सजाउने काममा कमी आउन थालेको छ ।

अहिले सामूहिक रूपमा छठ घाट बनाउने, एकै किसिमले सजाउने, झिलिमिली बत्तीले सजाउने, चिसोबाट जोगिन टेन्टको व्यवस्था गर्ने गरिएको छ । घाटको प्रवेशद्वार बनाउने र घाट व्यवस्थित गरेर छठको अनुहार नै फेरिँदै गएको हामीले अनुभव गरेका छौँ ।

यो व्यवस्थापन कुनै एक व्यक्तिबाट सम्भव हुँदैन । त्यसैले छठ व्यवस्थापन समिति बन्ने र सो व्यवस्थापनका लागि आवश्यक रकम सङ्कलन गर्न थालिएको छ । हुन त यसले व्यवस्थापनमा बर्तालुहरूलाई ठुलो सहयोग मिलेको छ । तर आफैँ काम गर्न सक्ने, व्यस्थापन गर्न सक्ने परिवारलाई चाहिँ आर्थिक मार परेको पनि छ । ग्रामीण क्षेत्रमा ठुलो रकम खर्चिनु नपरे पनि सहरी क्षेत्रमा दुई हजारदेखि पाँच हजारसम्म पनि खर्चिनुपरेको बुझिएको छ ।

चाडपर्वमा रमाइलोसँगै खर्च बढ्नु स्वाभाविक हो । दसैँ, तिहार अनि छठले गरिब परिवारमा नयाँ लुगा, पूजा सामग्री तथा घाट र अन्य बन्दोबस्तीमा निकै खर्च गर्नुपर्दा ऋण लाग्ने सम्भावना बढ्दै गएको छ । यसलाई व्यवस्थित गर्न खर्च घटाउन तथा समान्य तरिकाले चाडपर्व मनाउन प्रेरित गर्न सबै लाग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!