अदानचुली गाउँपालिका-१ स्थित मनीलेख भन्ने स्थानबाट १ थान भरुवा बन्दुक शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी गल्फगाड श्रीनगरबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।