तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय छथरको ६७ अो वार्षिक उत्सव आजबाट सुरु भएको छ । छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले पानसमा दिप प्रज्वलन गरि उद्दघाटन गर्नु भएको छ ।विभिन्न अतिरिक्त क्रियाकलापका बिच आजबाट सुरु भएको विद्यालय व्यवस्थापन समितिकमा अध्यक्ष राजन नेपालीले बताउनु भयो । कार्यक्रममा छथर गाउँपालिका उपाध्यक्ष तथा बिशेष अतिथि तारा खरेल ढकाल छथर गाउपालिका प्रमुख प्रसासकिय अधिकृत कुमार वस्नेत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रधानध्यापक खगेन्द्र न्याैपाने वार्षिक प्रतिवेदन प्रधानध्यापकले प्रस्तुत गर्नु भएको थियो ।
बार्षिक उत्सव २ दिनसम्म विभिन्न कार्यक्रम संचालन हुने बिधालयले जनाएको छ।