मंगलबार, साउन १९, २०७८ || 598  पटक पढिएको

मोरङ बूढीगंगा बाँसबारीस्थित मल्टिफ्यूल पावरप्लान्ट खर्चालु बनेको छ । यसलाई योजना तहमा सेतो हात्तीको संज्ञा दिइन्छ ।

सरकारले पावर प्लान्टबाट विपदको जुनसुकै बेला विद्युत उत्पादन गर्न सक्ने गरी चुस्त दुरूस्त गरी तयारी अवस्थामा राख्न मोटो रकम लगानी गर्दै आएको छ । यो प्लान्टबाट आम्दानी भने शून्य छ । ८ वर्षभन्दा बढि समयदेखि पूर्ण रूपमा बन्द प्लान्टको मर्मत संभारदेखि कर्मचारी व्यवस्थापनको नाउँमा मोटो रकम खर्च भइरहेको छ । प्लान्टको अवस्था दयनीय छ ।

प्लान्टसँग ३९ मेगावाट विद्युत उत्पादन गर्ने ६ मेसिन छन् । एउटा मेसिनले साढे ६ मेगावाट उत्पादन गर्छ । ४ मेसिन विग्रिएर थन्किएको छ । विद्युत संकटको बेला १३ मेघावाट उत्पादन गर्ने २ मेसिन चालु छ । नियमित परीक्षणको अभावमा एउटा मेसिन स्टार्ट भएर बन्द भएको छ । अर्को मेसिनबाट साढे ६ मेघावाट विद्युत उत्पादन हुन्छ ।
६ वर्षभन्दा अघि नेपालमा एसईई दिने विद्यार्थीले विद्युत निरन्तर आपूर्ति नभएको भन्दै विरोध गरेपछि सरकारले एक हप्ताको लागि प्लान्टबाट विद्युत सप्लाई गरेको थियो । त्यसपछि बन्द छ ।

पाम आयल मेसिनमा पस्दा च्यापच्याप भएको र ४ वटै मेसिन विग्रन पुग्यो । प्लान्टले आयल निगमका विरूद्ध अदालतमा विग्रिएको मेसिनको क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको छ । फैसला भइनसकेकोले मेसिन संचालनका लागि एलसी खोलेर तेस्रो मुलुकबाट मगाएको करौडौं रकमको पार्टपुर्जा अलपत्र छ । सरकारले प्लान्टको मेसिन मर्मत संभारका लागि तेस्रो मुलुकबाट ३ कन्टेनरमा मगाएको करौडौं मूल्य बराबरको पार्टपुर्जा तीन कन्टेनरमा राखेको छ । जुन लामो समयसम्म ताला नखोलिदा खिया लागेर विग्रिने अवस्थामा पुगेको छ । प्लान्टको प्रशासन मौन छ ।

प्लान्टबाट जुनसुकै बेला विद्युत उत्पादनका लागि तयारी अवस्थामा राख्नुपर्छ । बेलाबेलामा मेसिनलाई चलायमान बनाइरहनु पर्छ । एक घण्टा पावर प्लान्टको एउटा मेसिन संचालन गर्न १६०० सय लिटर डिजेल लाग्छ । प्लान्ट संचालन गरेर यसको उत्पादन क्षमता दुहबी ग्रिडदेखि काठमाडौंको भारपोषण केन्द्रसम्म समन्वय गर्न आवश्यक हुन्छ ।
प्लान्ट प्रशासनले बढिमा ५ मिनेट संचालन गरेर परीक्षण गर्छ । प्लान्टले ५ मिनेट परीक्षण गर्दा दुहबी ग्रिडसम्म पुग्दैन । ५ मिनट प्लान्टको मेसिन संचालन गर्दा २ सयदेखि २ सय ५० लिटर डिजल खपत हुन्छ । प्लान्टका प्रमुख सुरेन्द्र कार्कीको टीमले ५ मिनटको साटो घण्टौ संचालन गरेको बील भर्पाई बनाएर डिजेल वापतको मोटो रकम हिनामिना गर्ने गरेको आरोप पनि लागेको छ ।

कार्की काम विशेषले विराटनगर बाहिर रहेको अवस्थामा इन्जिनियर रञ्जितकुमार मण्डलले मल्टिफ्यूल पावर प्लान्टलाई जुनसुकै बेला चुस्त दुरूस्त राख्न परीक्षणको नाउँमा मोटो रकम खर्च भइरहेको जानकारी गराए । प्लान्ट पूर्ण रूपमा बन्द रहेको अवस्थामा वर्षेपिच्छे त्यहाँँको कर्मचारीको सरूवा हुने गरेको छ । सरकार परिवर्तन भएसँगै आफ्ना मान्छे भर्ती गर्ने र आफ्ना अनुकुलका कार्यालय प्रमुख ल्याएर मेसिन मर्मत संभारको नाउँमा मोटो रकम बराबरको पार्टपुर्जा खरिद गरेर राज्यको दोहन गर्ने कार्य जारी छ ।
५४ जना कर्मचारी रहेको प्लान्टमा यतिखेर १४ जना कर्मचारी छन् । मासिक तलब, सुविधा र भत्ताको नाउँमा मोटो रकम खर्च हुन्छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!