काठमाडौं । शेयर सप्ताहको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३,१११.०९ विन्दुमा पुगी कीर्तिमान कायम गरेको छ । सोमवारको तुलनामा २६.०२ अंक अर्थात् ०.८४ प्रतिशतले वृद्धि भएको हो ।

सोमबार ११ अर्ब भन्दा कमको शेयर कारोबार भएको बजारमा मंगलबार ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँ बराबरको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर खरिद बिक्री भएको हो ।

मंगलवार कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक नकारात्मक देखिए पनि अन्य ११ उपसमूहको सूचक सकारात्मक देखिएको छ । यस दिन सवार्धिक माइक्रोफाइनान्स उपसमूहको सूचक ३.८५ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक समेत २.०४ प्रतिशतले बढेको छ ।

मंगलबार अपि पावर कम्पनीको सवार्धिक ४६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ङादी गु्रप पावरको ४३ करोड ३२ लाख, फस्ट माइक्रोफाइनान्सको ३३ करोड ८६ लाख, स्वाबलम्बन लघुवित्तको ३० करोड र निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिन पाँचथर पावर र रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जीवन विकास लघुवित्तको ९.९९ प्रतिशत, युनियन लाइफ इन्स्योरेन्सको ९.९८ प्रतिशत, घलेम्दी हाइड्रोको ९.९८ प्रतिशत र लिबर्टी इनर्जीको ९.९३ प्रतिशतले बढेको छ ।

मंगलवारको कारोबारमा सर्वाधिक युनिलिभर नेपालको शेयरमूल्य ३.७९ प्रतिशतले घटेको छ भने नबिल ब्यालेन्स फण्ड २ र एनआइविल प्रगति फण्डको इकाइ मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य १.९७ प्रतिशतले घटेको छ भने समृद्धि फाइनान्सको १.८९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!