मोरङ कटहरी केन्द्रीय मुख्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर खरिदका लागि अर्डरमा बस्न समस्या देखिएको छ । अनलाइनबाट अन्य कम्पनीको किनबेच सहज छ तर, लगानीकर्ताहरुले जीवन विकाससँगै युनियनन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर अर्डरमा बस्न समस्या झेलिरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा तोकिएको मूल्यमा अर्डमा बसे पनि अर्डका लागि अनुरोध भनेर देखाउने तर अर्डरमा भने नदेखिने लगानीकर्ताले गुनासो गरेका छन् ।
जीवन विकासको केही दिन अघि नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार भइरहेको छ । ब्रोकर नम्बर २५ मा कारोबार गर्ने लगानीकर्ता रमेश उप्रेतीले अन्य कम्पनी सहज तरिकाले अर्डर भए पनि यी २ कम्पनीको सेयर अर्डरमा भने समस्या देखिएको पत्रकारहरूलाई बताए ।
जीवन विकासको मूल्य बढेर १ हजार १ सय ९ रुपैयाँ सात पैसा पुगेको थियो । १ हजार १ सय ३८ रुपैयाँ ८० पैसासम्म अधिकतम् मूल्य तोकिएको थियो । अर्डर सक्सेस नै देखाएको छैन, अन्य कम्पनीको भने अर्डर गरेको केही मिनेटमा नै ओपन भनेर देखाउँछ ।
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले यस्तो गुनासो आफूकहाँ समेत आएको बताए ।