शुक्रबार, साउन १५, २०७८ || 565  पटक पढिएको

सरकारले विभिन्न शीर्षकमा वर्षै पिच्छे व्यापारमा संलग्नहरूलाई करको भारी थाप्लोमा बोकाएपनि त्यस अनुसारको उचित फाइदा र सुविधा भने पाउन नसकेको गुनासो व्यापारी र व्यवसायीले गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनाको तेस्रो लहरको भविष्यवाणीका कारण बजार अन्यौलग्रस्त बन्दै गएको छ । बैशाख, जेठ र असारमा विहेको लगनका बेला विराटनगरको बजार चलायमान हुने गरेको छ । तर बैसाख १८ गतेदेखिको निषेधाज्ञाका कारण बजारले गति लिन सकेन । २०७६ चैत ११ गतेदेखि नेपालभर लागु गरिएको लकडाउनपछि व्यवसायीहरू चाहेर पनि सक्रिय बन्न सकेनन् भने बजार सोचे अनुसारको चलायमान बनेन ।

कोरोना संक्रमणका कारण पटक पटकको लकडाउन र निषेधाज्ञाले अस्थिर बनेको बजारमा अझै उत्साह भने देखिएको छैन । बजार २० देखि ३० प्रतिसतमात्र चलायमान छ । निषेधाज्ञा केहि खुकुलो भएपछि बजारका पसल अधिकांश खोलिएका देखिन्छन् तर उपभोक्ताको क्रयशक्तिमा कमीका कारण केहि पसलमा व्यापार भने शुन्य प्राय नै छ ।

विराटनगरमा अझै पनि पसल संचालकहरू विहान आएर पसल थाप्ने र शुन्य कारोबारमा राती घर जाने गरेका छन् । व्यापार केहि नभएपनि पसल कवल भाडा, विजुलीको बील, कर्मचारीको मासिक तलब, आसामीको ताकेता, बैंकको ऋण लगायतले तनावमुक्त बन्न सकेका छैनन् ।

बजार क्षेत्रको वडा नं. ९ मा रेडिमेड कपडाका पसल संचालक संजय पाल दिनभर पसल खोलेर बसेका हुन्छन् । तर उनलाई व्यस्तताभन्दा फुर्सद बढि छ । पालले बजारप्रति उपभोक्ता उदासिन हुँदा २० प्रतिशतभन्दा बढी चलायमान हुन नसकेको गुनासो गरे ।

उनले व्यापारीहरू हाल पर्ख र हेरको नीतिमा रहेको बताए । मौसम अनुसारको व्यापार हुने भन्दै अवस्था हेरेर दसैंका लागि अर्डर दिने वा नदिने समयले बताउने पालको कथन थियो ।

पञ्चमुखी हनुमानचौकस्थित सूर्य मोबाइलका संचालक विष्णु शर्माले सरकारले आधा दर्जनको हाराहारीमा कर त असुल्छ तर कोरोनको विपदमा कुनै राहतसम्मको पहल नगरेकोमा चिन्तित बने ।

‘व्यापार र व्यवसाय गर्नेले महानगरपालिकाको व्यवसायीक कर, वाणिज्य कार्यालयको कर, घर बहाल कर, आय कर तिर्नुपर्छ तर कर वापतको फाइदा व्यवसायीलाई शुन्य छ’ शर्मा बोल्छन् । कोरोनाको जोखिमका कारण बजारमा जोखिम रहेको भन्दै कुनै पनि व्यवसायी र व्यापारी हाल नयाँ अर्डर दिनबाट टाढै बसेको जिकिर गरे । विराटनगरको विग्रदो बजारलाई मुख्यबाहेक खुल्ला गरिएका सहायक सीमानाकाहरूबाट हुने बाक्लो आवतजावतले झनै मारमा पारेको ठहर शर्माको थियो ।
राज्यले निषेधाज्ञालाई ध्यानमा राखेर दुई महिनाको घर भाडा छुट गराउन पहल थाल्नु पर्ने व्यापारीको माग छ । घरभाडा छुटका लागि महानगरपालिकामा निवेदन दिएपनि त्यसमा कुनै विचार र पहल नभएको गुनासो कारोबारीहरूको रहेको छ । मेनरोडमा रहेको शुभम ज्वेलर्सका संचालक कमलेश अग्रवालले बजारका व्यापारीमध्ये १० प्रतिसतले पसलबाट खर्च निकाल्ने गरेपनि बाँकी ९० प्रतिसतले घरबाटै खाइरहेको बताए । क्यालेण्डरमा दसैं नजिकिँदै गरेको भएपनि आजको अवस्थामा व्यापारीले दसैं ताकेर कुनै कार्यक्रम तय गर्नु जोखिमपूर्ण हुने ठहर अग्रवालको थियो । अग्रवालले बजारका अधिकांश पसलेको काम दोकान आउनु र घर जानुमा नै सिमित रहेको किटान गरे ।

मेनरोड स्थित एक पसल संचालकले विराट व्यापार संघले खुद्रे कारोबारीको लागि कुनै ठोस् पहल नगरेको आरोप लगाए । उनले संघका अध्यक्ष थापा समस्या सम्बोधनभन्दापनि रक्तदान गर्नमा नै सीमित रहेको भन्दै थापाबाट आसा गर्नु बेकार हुने भन्दै आक्रोश पोखे ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!