मंगलबार, साउन १२, २०७८ || 831  पटक पढिएको
फ़ाईल तस्बिर

नेपालले वार्षिक ५० अर्ब रूपैयाँ मूल्य बराबरको चामल आयात गरे छ । यो तथ्याङ्क गत आर्थिक वर्ष ०७७÷७८ को हो । यसैगरी अघिल्लो आर्थिक वर्ष ०७६÷७७ मा साढे ४२ अर्ब मूल्य बराबरको चामल आयात गरिएको थियो । यी दुई आर्थिक वर्षको तथ्याङ्कहरूको विश्लेषण गर्दा चालु आर्थिक वर्ष ०७८÷७९ मा ६० अर्ब रूपैयाँ चामल आयात हुने अनुमान गर्न सकिन्छ । यो तथ्याङ्क त औपचारिक माध्यमबाट आउने चामलको परिणाम मात्र हो । भन्सार छलेर तस्करी गरी कति चामल नेपाल भित्रिन्छ त्यसको यहाँ लेखाजोखा गरिएको छैन ।

अढाइ दशकअघिसम्म नेपाल चामल निर्यात गर्न सक्ने अवस्थामा थियो । के कारण चामल निर्यात कार्य ठप्प भयो भन्ने विषयमा सरकारले समयमै पत्ता लगाएर काम गर्न सकेको भए अहिले यस्तो अवस्था आउने थिए । त्यतिबेलै चामल उत्पादन बढाउने उपायका बारेमा नीति बनाउनु पर्दथ्यो ।

नेपाल धान उत्पादनमा आत्मनिर्भर हुन नसकेको कारण चामल आयात गर्नुपर्ने अवस्था सिर्जना भएको कुरामा कुनै आशंका रहेन । धान नेपालको प्रथम नगदेबालीका रूपमा दर्ज भएको छ । यहाँको जनसंख्याको आधारमा धान उत्पादन वृद्धिदर वर्षेनी वृद्धि गरेको भए पक्कै पनि अहिले चामल आयात गर्नुपर्ने अवस्था निम्तिने थिएन । नेपालले चामल भन्दा धान आयात गर्दा घाटा कम हुन सक्छ ।

किनकि चामल भन्दा धान खरिदमूल्य कम पर्न जान्छ । जसले गर्दा नेपालका धान मिलहरू पनि सञ्चालन हुन सक्छन् । मिल सञ्चालन भएपछि यहाँ रोजगारी पनि बढ्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

नेपाली बजारमा अहिले भारतीय चामल किन्न पाइन्छ । भारतीय चामलले ६० देखि ७० प्रतिशत् बजार ओगटेको छ । तथापि भारतबाट आयातित चामलको गुणस्तर जाँच गर्ने उचित व्यवस्था छैन । उपभोक्ताहरूले पनि नेपालमा उत्पादन भएको चामलभन्दा भारतीय चामल नै मन पराउने गरेका छन् । भारती चामल हेर्दै सेतो टिलिक्क टल्कने किसिमको आकर्षक रूपमा प्याकेजिवङ्क गरिएको हुन्छ । तर नेपाली चामलको प्याकेजिङ्क त्यति आकर्षक हुँदैन । त्यसैले पनि नेपाली उपभोक्ताहरू नेपाली चामलभन्दा भारतीय चामल खरिद गर्न लालायित देखिएका हुन सक्छन् ।

अब नेपालले धानको उत्पादन बढाउनु पर्दछ । यसले केही हदसम्म आयातलाई सीमित गर्न मद्दत गर्दछ । तर चामल आयात कम गर्नमा तत्काल उत्पादन बढाउन पनि सकिने अवस्था छैन । सरकारले कृषि पेशालाई जबसम्म मर्यादित र सहुलियतपूर्ण बनाउन प्रयत्न गर्दैन तबसम्म उत्पादनमा वृद्धि हुने सम्भावना निकै कम छ । त्यतिमात्र नभएर समयमै मल, बिऊ,सिंचाइ सुविधा र आधुनिक कृषि औजारको व्यवस्थ ागर्न सक्नु पर्दछ । अहिलेसम्म सरकारले यी औजारहरूको उचित ढंगले व्यवस्थापन गर्न सकेको छैन ।

त्यस्तै नेपालीले् आफ्नो भान्सामाम चामललाई मात्र खाद्य बस्तुको रूपमा नलिइ त्यसको विकल्प पनि खोज्नु पर्दछ । विकल्पको रूपमा गहुँ, मकै, कोदो, फापरलगायत खाद्यान्नलाई पनि भान्सामा नियमित प्रवेश गराउँनु पर्दछ । त्यसो गर्न सकेमा भाते संस्कृतिको अन्त्य भई उपभोक्ताहरू केही स्वास्थ्यकर पनि हुन सक्ने थिए । जसले गर्दा औषधि उपचारमा हुने खर्च पनि जोगिने थियो । त्यसैले चामलको विकल्पमा अरू नगदेबालीको उत्पादनलाई पनि प्राथमिकतामा राख्नु जरूरी देखिन्छ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!